Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज थप १९११ जनामा कोरोना पुष्टि, कुल संक्रमित ७९,७२८ पुगे

नेपालमा पछिल्लो २४ घण्टामा १९११ जना कोरोना संक्रमित पुष्टि भएका छन्। जसमध्ये पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ९४३ जना कोरोना संक्रमित थपिएका छन्।

देशभरका  प्रयोगशालामा  गरिएको नमुना जाँचमा १९११ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

योसँगै संक्रमितको कूल संख्या ७९ हजार ७२८ पुगेको छ। आज ९६१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।

काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनालाई कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा २० हजार ३९३, ललितपुरमा २ हजार ५२५ र भक्तपुरमा २ हजार १८५ संक्रमित पुगेका छन्।

प्रकाशित मिति: Oct 1, 2020

प्रतिक्रिया दिनुहोस्