Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मला पन्तको हत्यारालाई सरकारले त्यसै छाड्दैन : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारमा संलग्नलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताएका छन्।संसदका राज्य व्यवस्था समितिमा भएको छलफलमा गृहमन्त्री थापाले पन्तको बलात्कारमा संलग्नलाई कारबाही गर्न ढिलाइ भएको स्वीकार गर्दै अपराधीलाई कानुनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताएका हुन्।

घटनामा संलग्नलाई कानूनी कठ्घरामा ल्याउन प्रहरी प्रशासन सफल हुने विश्वास गृहमन्त्री थापाले व्यक्त गरे। थापाले बझाङकी सम्झना कामी लगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपीलाई कानूनी दायरामा ल्याउन सरकारले कडा कदम चालेको पनि बताए।

‘झन्डै ६–७ जना प्रत्येक दिन देशमा हाम्रा दिदी–बहिनी, छोरीहरू बलात्कृत भइरहेका छन्। यसलाई रोक्न निष्ठापूर्वक प्रयत्न गरिरहेका छौं। कानुनमा अझ कडाइ गर्नुपर्ने हो कि भन्ने भइरहेको छ। हामीले बनाएका कानुन पर्याप्त छैनन् कि भन्ने प्रश्न उठेको छ,’ उनले भने।

थापाले नेपालमा पछिल्लो समय बलात्कारका घटनाहरु बढीरहेको भएपनि विश्वका अन्य देशहरुको तुलनामा अवस्था चिन्तजनक नभएको बताउनुभएको छ। विश्वका २ सय भन्दा बढी देशको तथ्याङ्क विश्लेषण गर्दा नेपाल यस्ता घटनामा धेरै पछाडि रहेको बताएको छ।

प्रकाशित मिति: Sep 30, 2020

प्रतिक्रिया दिनुहोस्