Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लामो समयदेखी अघोषित चिनियाँ नाकाबन्दी : असोज १९ गतेदेखि तातोपानी नाका खुल्ने खबर

बागमती प्रदेश अन्तरगत पर्ने सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालन हुने भएको छ । यो नाका खोल्ने सहमती भएपनि पछिल्लो ९ महिनादेखि चीनले अघोषित रुपमा नाकाबन्दी जारी राखेको छ ।

यद्यपी नेपाल सरकारले भने यसको औपचारिक पुष्टि गरेको छैन । सिंहदरवार स्थित परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार बिगतमा भारतले गरेको अघोषित नाकाबन्दी जस्तै चीनले पनि अहिले नाकाबन्दी जारी राखेको छ ।

चीनीयाँ बजार केन्द्रित ब्यापारीहरुले चीनले अघोषित रुपमा नाकाबन्दी जारी राखेपनि सरकारले केहि नबोलेको आरोप लगाँदै आएका छन् ।

यता, मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वको टोलीबीच नाका खोल्ने विषयमा सहमति भएको बताइएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले साउन १९ गते (सेप्टेम्बर ५ तारेख) देखि चीनबाट सामान नेपाल आइपुग्ने जानकारी दिए ।

दुई देशको टोलीबीच असोज १८ गतेसम्म तयारी पूरा गर्ने र १९ गतेबाट चिनियाँ सामान नेपालमा झार्ने व्यवस्था गर्ने सहमति भएको प्रजिअ ढकालले जानकारी दिए ।

सामान लोड अनलोड गर्ने मजदुरको हरेक ५/५ दिनमा पीसीआर परीक्षण गराउने र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सहमति भएको प्रजिअ ढकालले बताए ।

प्रकाशित मिति: Sep 29, 2020

प्रतिक्रिया दिनुहोस्