Logo
२१ बैशाख २०८१, शुक्रबार
(September 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज थप १३५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७४,७४५ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा देशभरमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा गरिएको १० हजार ८० नमुना जाँचमध्ये १३५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

योसँगै संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ।आज ७४२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ।

देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।देशभर पछिल्लो २४ घन्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ।

नेपालमा मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ४८१ संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति: Sep 28, 2020

प्रतिक्रिया दिनुहोस्