Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पछिल्लो २४ घण्टामा नेपालमा १४९७ मा कोरोना पुष्टि, १७ जनाको ज्यानै गयो

बिहीबार थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६९ हजार ३०१ पुगेको छ।

यस अवधिमा कोरोनाबाट ४५७ जना निको भएका छन्। हालसम्म ५० हजार ४११ जना कोरोनाबाट निको भएको गौतमले बताए। मन्त्रालयका अनुसार अहिले देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै मृतक थप १७ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ४५३ जनामा कोरोना पुष्टि भएको छ।

यस दिन कुल ११ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Sep 24, 2020

प्रतिक्रिया दिनुहोस्