Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले दियो नेपालमा भूकम्प पछिको पुनर्निर्माणका लागि एक अर्ब ५४ करोड

भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको क्रममा आवास तथा विद्यालय पुनर्निर्माणका लागि प्रतिवद्धता गरे अनुरुप एक अर्ब ५४ करोड रुपैयाँ बराबरको चेक नेपाललाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ स्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई गएको मंगलबार चेक हस्तान्तरण गरेकी हुन् ।

चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाललाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ ।

भारतले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो ।

यस मध्ये विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता भारतले नेपाललाई दिइसकेको छ ।

भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ ।

भारतले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ ।

भूकम्प पछिको पुनर्निर्माण तर्फको प्रयासमा नेपाल सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको भारतले बताउँदै आएको छ ।

प्रकाशित मिति: Sep 24, 2020

प्रतिक्रिया दिनुहोस्