Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट भारतीय रेल राज्यमन्त्री सुरेश अंगडीको निधन

भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

६५ वर्षका उनको दिल्ली स्थित एम्स अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सेप्टेम्बर ११ मा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई एम्स अस्पताल भर्ना गरिएको थियो । उनले आफै ट्वीट गरेर संक्रमणको जानकारी गराएका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अङ्गडीको निधनबारे जानकारी दिँदै ट्वीटमार्फत  दुःख व्यक्त गरेका छन् ।

 

 

प्रकाशित मिति: Sep 24, 2020

प्रतिक्रिया दिनुहोस्