Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा आज नेकपा सचिवालय बैठक बस्दै

नेकपाको सचिवालय बैठक आज दिउसो साढे १२ बजे बालुवाटारमा बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे १२ बजे बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

हिजो सोमबार बस्ने निर्णय गरीएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो । आजको बैठकमा भने मन्त्रिपरिषद पुनर्गठनका विषयमा नभएर बाँकी एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको स्रोतले बतायो ।

यसैगरी सङ्घीय सांसद्ले कोरोना महामारीका समयमा बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको छ ।

संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजना बैठकको एजेण्डा छ ।

प्रकाशित मिति: Sep 22, 2020

प्रतिक्रिया दिनुहोस्