Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लामो समयदेखि बन्द रहेको पशुपतिनाथ अब खोलिने, भक्तजनहरुलाई भुवनेश्वरीबाट प्रवेश गराइने

लामो समयदेखि बन्द रहेको विश्व प्रसिद्ध पशुपतिनाथ मन्दिर अब खोलिने भएको छ। दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको हो।

यद्यपी, दर्शनार्थीहरुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु पर्नेछ। दुई-दुई मिटरको भौतिक दूरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गरिएको छ।

मन्दिरभित्र प्रवेश गरेपछि पुरै परिक्रममा गर्न भने पाइने छैन। मुल ढोकाबाट नै दर्शन गरी फर्किनुपर्ने उनले बताए।

विगतमा दर्शनका लागि खोलिने सम्पूर्ण ढोकाहरु खुला नभएपनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी भएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए।

अहिले नित्य पूजा नरोकिए पनि विशेष पूजा र दर्शन गर्न भने रोक लगाइएको छ। सरकारले अन्य सेवा क्षेत्र खुला गरेसँगै धार्मिकस्थलहरु पनि सञ्चालन गर्नुपर्ने माग राख्दै केही दिनअघि पशुपति क्षेत्रमा प्रदर्शन भएको थियो।

कार्यकारी निर्देशक डा. खतिवडाले सरकारले निर्देशन दिएको दोस्रो दिनपछि नै पशुपतिनाथ मन्दिर सञ्चालन गर्न सकिने अवस्था रहेको बताएका छन्।

दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै मन्दिर खुला भएपनि विशेष पूजाको व्यवस्था भने नगरिने भएको छ। भण्डारी र भट्टहरुलाई संक्रमणको जोखिम बढी भएकाले तत्काल विशेष पूजाको व्यवस्था नहुने उनले बताएका छन्।

प्रकाशित मिति: Sep 20, 2020

प्रतिक्रिया दिनुहोस्