Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ का मुख्यमन्त्रीको ठाडो चुनौती : ‘कसैलाई हिम्मत भए, मलाई संविधान विरोधी भन्दै हटाओस्’

देशको सविंधान अनुसर नै प्रदेशका मुख्यमन्त्री रहेका प्रदेश २ का लालबाबु राउतले संविधानको ‘सेलिब्रेसन’ गर्ने समय आइनपुगेको बताएका छन् ।

‘कसैलाई हिम्मत भए मलाई संविधान विरोधी भन्दै हटाओस् न त’ टेलिफोन संवादमा उनले भने ‘म मुख्यमन्त्रीका अलावा देशको एउटा निर्वाचित जनप्रतिनिधि पनि हो ।’

‘त्यसो भए अधिकारका लागि आन्दोलन गर्न मुख्यमन्त्री पद छाडनुपर्छ नी !’ भन्ने जिज्ञासामा उनले भने ‘यसको जवाफ दिने फूर्सद मलाई छैन । हामिले कालो दिवस मनाउने निर्णय पनि गरेका छैनौं ।’

उनले भने -‘सरकारी कर्मचारीका लागि यो संविधान दिवस हो हामि जस्ता जनप्रतिनिधिका लागि होइन ।’

संविधानको नाममा सेलिब्रेसन गर्ने समय अहिले नै नआएकाले प्रदेश सरकारले यसबारे कुनै कार्यक्रम नगर्ने निर्णय गरेको उनले् बताए ।

यता, देशभर संविधान दिवस मनाइरहँदा प्रदेश २ सरकार भने मौन झै देखिएका छन् । संविधन अनुसार प्रदेशको बजेटमा तालमेल गर्न माहिर देखिएका प्रदेश २ सरकारले संविधान दिवसको उच्चारण पनि गर्न चाहेका छैनन् ।

त्सतै दिवसको अवसरमा प्रदेश मन्त्रिपरिषद् बैठकले कुनै कार्यक्रम पनि तय गरेको छैन ।

प्रदेश सरकारका मुख्य सचिव अर्जुन प्रसाद पोखरेलले यसपटक मन्त्रिपरिषदको निर्णयले कुनै पनि कार्यक्रम निर्धारण नगरेको बताए ।

उनका अनुसार केन्द्रबाट नै घोषित कार्यक्रम अनुसार राष्ट्रिय झण्डा फहराइने र साँझ दीपावली गरिने छ ।

प्रकाशित मिति: Sep 19, 2020

प्रतिक्रिया दिनुहोस्