Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज थप ७ जना कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या ३९० पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ ।

२४ घन्टामा भित्रमा २ महिला र ५ पुरुषको कोरोना संक्रमणबाट निधन स्वास्थ्य मन्त्रालयका बताएको हो ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ । आज काठमाडौं उपत्यकामा २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु पुष्टि भएको छ ।

आज मृत्यु भएका ७ जनामा एक युवकबाहेक ६ जना वृद्धवृद्धा छन् । देशभरमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेहरुमा २ सय ८७ पुरुष र एक सय १३ महिला छन् ।

नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुने दर ०.६३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: Sep 18, 2020

प्रतिक्रिया दिनुहोस्