Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई कडा कारबाही गर्ने प्रशासनको चेतावनी

निषेधाज्ञा केही खुकुलो बनाएसँगै मापदण्ड उल्लङ्घन गर्ने बढेको भन्दै काठमाण्डौ उपत्यकाको प्रशासनले कारबाहीको प्रक्रियालाई तीव्र बनाउने भएको छ ।

निषेधाज्ञा खुकुलो बनेपछि जोरबिजोर प्रणाली नमान्ने, तोकिएको दिन र समयभन्दा बाहेकको समयमा पनि पसल खोल्ने,सार्वजनिक गाडीले भीडभाड गरेर यात्रु ओसारपसार गराएको, भीडभाड गर्ने, मास्क नलगाइ हिँड्ने जस्ता क्रियाकलाप भएको भन्दै प्रशासनले मापदण्ड पालनामा कडाइ गर्ने भएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई कडा कारबाही नगरी नहुने अवस्था सिर्जना भएको बताएका छन् । उनले हिजोमात्रै जोरबिजोर नमान्ने एक हजारभन्दा धेरै गाडीलाई कारबाही गरिएको बताए ।

यस्तै काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सरकारले तोकेको मापदण्ड र निर्देशन नमानेमा जो कोहीलाई पनि कारबाही हुने चेतावनी दिए । उनले जिल्ला प्रशासन कार्यालयले जारी गरेको १९ बुँदे मापदण्ड पालना भएरनभएको बारे अनुगमन भइरहेको भन्दै सरकारी निर्णयलाई पालना गर्न आग्रह गरे

प्रकाशित मिति: Sep 11, 2020

प्रतिक्रिया दिनुहोस्