Logo
१२ श्रावण २०८१, शनिबार
(September 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्तन क्यान्सर रोग कसरी लाग्छ ? जान्नुहोस् ! यसबाट बच्ने उपायहरु

स्तनमा भएका कोष-कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ ।

स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ ।

तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन्, तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ ।

त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुनसक्छ । क्यान्सर हुने प्रकृतिका ट्युमरले नजीकका तन्तु तथा अवयवहरू नष्ट गर्छन् ।

ती ट्युमर शरीरको अन्य भागमा फैलिन सक्छन्, शल्यक्रिया गरेर हटाए पनि फेरी उत्पन्न हुन्छन् र धेरै खतरनाक हुन्छन् ।

स्तन क्यान्सर प्रायः दुग्ध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ तर कहिलेकाहीँ तन्तुहरूको झुप्पाबाट पनि सुरु हुन्छ । स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ ।

स्तन क्यान्सर फैलिएमा हड्डी, कलेजो, फोक्सो तथा मस्तिष्कमा पनि ट्युमर हुन सक्छ ।छालाको क्यान्सरपछि अमेरिकामा महिलाको मृत्युको प्रमुख क्यान्सर कारक स्तन क्यान्सर नै हो ।

प्रतिवर्ष दुई लाखभन्दा धेरै अमेरिकि महिलालाई स्तन क्यान्सर हुन्छ भने प्रतिवर्ष ४० हजारले यस रोगका कारण मृत्युवरण गर्छन् । लगभग १७ लाख अमेरिकी महिलाहरू स्तन क्यान्सरले पीडित भइरहेका छन् ।

प्रत्येक आठमा एक अर्थात् १२.६ प्रतिशत महिलालाई जीवनकालमा एकपटक स्तन क्यान्सर हुन्छ । प्रत्येक १३ मिनेटमा स्तन क्यान्सरका कारण एक महिलाको मृत्यु हुन्छ ।

क्यान्सरबाट मर्ने १५ देखि ५४ वर्षका महिलाहरूमा सबैभन्दा धेरै लाग्ने स्तन क्यान्सर हो भने ५५.७४ वर्षका महिलाको मृत्युको दोस्रो कारण हो । समयमै रोगको निदान र उपचार गर्ने ९६ प्रतिशत महिलाहरू पाँच वर्षपछि क्यान्सररहित हुन्छन् ।

८० प्रतिशतभन्दा बढी स्तनका गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन् । स्तन क्यान्सर प्रौढलाई मात्र होइन, जुनसुकै उमेरका किशोरी तथा युवतीलाई पनि हुनसक्छ ।

लक्षणहरू
स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा कुनै पनि लक्षणहरू देखिँदैनन् । क्यान्सर बढ्दै गएपछि निम्नलिखित लक्षणहरू देखा पर्छन् –

-स्तन वा स्तनको मुन्टोको आकार(प्रकार परविर्तन हुनु । जस्तै( रातोपना, चाउरएिजस्तो, सुन्तला रङको, मुन्टो -स्तनतिर फर्किएको, मुन्टो वरपिरकिो छालामा कत्ला निस्केको वा सुन्निएको ।

-स्तन वा पाखुरामुनि गिर्खा हुनु, गिर्खा कडा, अनियमित तथा नदुख्ने प्रकृतिको हुनु ।
-स्तनको मुन्टो दुख्नु  ।
स्तनबाट दूधबाहेकको तरल पदार्थ जस्तै( रातो, सफा वा पहेँलो, हरयिो अथवा पीपजस्तो आउनु ।

-गम्भीर अवस्थामा हाड दुख्नु, स्तन दुख्नु, स्तनमा घाउ आउनु, पाखुरा सुन्निनु, वजन घट्नु ।
-स्तनमा निको नहुने घाउ हुनु ।

-सबै गिर्खाहरू क्यान्सर होइनन् । दसमा आठ गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन् ।

कारण तथा जोखिम तत्त्वहरू

स्तन क्यान्सरको ठोस कारण पत्ता नलागे तापनि निम्नलिखित कारणहरूलाई जोखिम तत्त्व मानिएको छ –

-वंशाणुगत -आमा, दिदी, बहिनी, छोरी मध्ये कुनै एकमा भएमा ।
जेनेटिक कारण ।
-१२ वर्षभन्दा पहिले महिनावारी भएका र ५५ वर्षपछि रजोनिवृत्ति भएका महिला ।

-महिला, विशेष गरी प्रौढावस्था ।

-गर्भ नतुहिने औषधी (डीईएस) सेवन गरेका महिला ।

-लामो समयसम्म परविार नियोजनका लागि हार्मोनल पिल्स वा सुई प्रयोग गरेका महिला ।

-नियमित मदिरा सेवन गर्ने महिला ।

-रजोनिवृत्तिका पाश्र्वप्रभाव घटाउन हार्मोन रप्लेसमेन्ट थेरापी लिएका महिला ।

-विकिरण – बच्चा वा युवावस्थामा छातीको क्यान्सर वा अन्य रोगका लागेका

-मोटोपना -मोटो महिलामा एस्ट्रोजन हार्मोन बढी उत्पादन हुन्छ । जुन स्तन क्यान्सरको कारक तत्त्व हुनसक्छ ।
कहिल्यै गर्भवती नभएका वा ३० वर्षपछि बच्चा जन्माएका महिला

-निष्त्रिय जीवनशैली तथा बढी चिल्लो खाने महिला । विकिरण उपचार गरेका महिला ।

-स्तन कोषको असामान्य वृद्धि भएमा ।

स्तन क्यान्सरको उपचार विधी तथा बच्ने उपाय

स्तन क्यान्सर लागेपछि यसको उपचार प्रविधि जटिल हुन्छ । क्यान्सर कोषिकाहरू मार्न, ट्युमरलाई चाउरी पार्न र अन्य उपचारले निको नभए वा शरीरको अन्य भागमा फैलिएमा केमोथेरापीद्वारा यसको उपचार गरिन्छ ।

म्यामोग्राफीबाट नै पहिलोपटक स्तन क्यान्सरको निदान गरिन्छ ।क्यान्सर तन्तुहरू नष्ट गर्न विकिरण थेरापी प्रयोग गरिन्छ । क्यान्सर उत्पादनमा सहयोगी हार्मोनहरूलाई निस्तेज गर्न हार्मोन थेरापी गरिन्छ ।

यसबाट पनि निको नभएमा वा क्यान्सर अन्यत्र फैलिने किसिमको भएमा अप्रेसनद्वारा क्यान्सरका तन्तुहरू, गिर्खा, सम्पूर्ण स्तन वा लिम्फ ग्रन्थिलाई काटेर हटाइन्छ ।

स्थानीय उपचारजस्तै विकिरण र शल्यक्रियाबाट रोगग्रस्त भागको वरपिर उपचार गरिन्छ भने केमोथेरापीले सम्पूर्ण शरीरमा उपचार गर्छ । प्रायः महिलालाई मिश्रति उपचार प्रभावकारी हुन्छ ।

प्रथम, द्वितीय, तृतीय अवस्थाको स्तन क्यान्सरको उपचारको लक्ष्य क्यान्सर निको पार्ने र दोहोरनि नदिने हो । चौथो अवस्थाको क्यान्सर उपचारको लक्ष्य लाक्षणिक उपचार र आयु लम्बाउने खालको हुन्छ ।

अधिकांश बिरामीमा चौथो अवस्थाको स्तन क्यान्सर निको हुँदैन । अक्युपञ्चर, मसाज, हर्वलथेरापी, भिटामिन, ध्यान, योग आदिबाट दुखाइ र कमजोरी हटाउने तथा मनोवैज्ञानिक लाभ प्रदान गर्न सकिन्छ ।

सकभर विकिरणबाट बच्ने, नियमित व्यायाम गर्ने, चिल्लोयुक्त खाना कम खाने, धुम्रपान तथा मद्यपान नगर्ने आदिबाट रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सकिन्छ ।

वंशाणुगत वा जेनेटिक कारणलाई नियन्त्रण गर्न सकिँदैन तथापि सन्तुलित आहारबिहार र स्वस्थ जीवनशैलीले क्यान्सर हुने सम्भावनालाई न्यूनीकरण गर्न सकिन्छ ।

स्तन क्यान्सर रोकथामको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको स्तन क्यान्सरको विकासक्रमबारे सचेत हुने, समयमै यसको निदान तथा उपचार गर्ने हो ।( internet  new)

 

प्रकाशित मिति: Sep 10, 2020

प्रतिक्रिया दिनुहोस्