Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक सवारीसाधान सञ्चालन गर्ने निर्णय

महिनौंदेखि बन्द रहेको लामो दूरीका सार्वजनिक सवारीसाधान असोज १ गतेदेखि सञ्चालन हुने भएको छ ।

यातायात मजदुर सङ्गठन र नेपाल यायायात राष्ट्रिय महासङ्घले सरकारको निर्णयबिनै सञ्चालन गर्ने भएका हुन् ।

यातायात व्यवसायीले बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर सरकारले रोके पनि आफूहरूले गाडी चलाउने बताएका हुन् ।

असोज १ बाट सुरक्षा सावधानी अपनाएर आफूहरूले गाडी चलाउने र सरकारले रोक लगाए गाडी सरकारलाई नै बुझाउने व्यवसायीको तयारी छ ।

यसअघि सरकारले असोज १ बाट लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने जनाएका थियो तर व्यवसायी भने सरकारले फेरि समय सार्नसक्ने सम्भावना रहेको भन्दै बुधबार विभागलाई जानकारी गराएको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

प्रकाशित मिति: Sep 10, 2020

प्रतिक्रिया दिनुहोस्