Logo
६ जेष्ठ २०८१, आईतबार
(September 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज थप १०८१ जनामा कोरोना संक्रमण, ९१८ डिस्चार्ज

नेपालमा २४ घन्टामा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

देशका विभिन्न प्रयोगशालामा २४ घन्टामा गरिएको परीक्षणका क्रममा १०८१ जनामा  कोरोना  संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४८ हजार १३८ जना पुगेको छ। पछिल्लो २४ घन्टामा थप ९१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म  ३३ हजार ८८२ उपचारपछि निको भएका छन्।

प्रकाशित मिति: Sep 9, 2020

प्रतिक्रिया दिनुहोस्