Logo
५ जेष्ठ २०८१, शनिबार
(September 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

ललितपुरको जाउलाखेलस्थित अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत पुरुषको मंगलबार बेलुका मृत्यु भएको हो । उक्त पुरुष काठमाडौं विशालनगर निवासी हुन् ।

उनी मंगलबार बिहान अस्पताल भर्ना भएका थिए । उनको मंगलबार स्वाब परिक्षण गर्दा कोरोना पुष्छि भएको थियो ।

मृतक मधुमेह, रक्तचापसहितको दिर्घ रोग रहेकोे अस्पतालले जनाएको छ। मृतकको शव व्यवस्थापन हुन सकेको छैन् ।

 

 

प्रकाशित मिति: Sep 9, 2020

प्रतिक्रिया दिनुहोस्