Logo
५ जेष्ठ २०८१, शनिबार
(September 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मच्छिन्द्रनाथको रथ तान्दा प्रहरीसँग झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना पुष्टि

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप हुँदा गएको बिहीबार पक्राउ परेका मध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रशासनको निर्देशन विपरित रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप हुँदा गएको बिहीबार पक्राउ परेका मध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

गएको बिहीबार रथ तान्ने क्रममा भएको तनावले झडपको रुप लिँदा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो।

उनीहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण भएकोमा ११ जनाको रिपोर्ट आउँदा ६ जनामा संक्रमण पुष्टि भएको हो । अरु ९ जनाको भने रिपोर्ट आउन बाँकी छ ।

संक्रमण देखिएका र अरुलाई पनि अहिले आइसोलेशनमा राखिएको छ ।बिहीबार रथ तान्ने क्रममा विवाद हुँदा ठूलो संख्यामा मानिसहरु उपस्थित भएका थिए ।

त्यहाँ सहभागी भएका ६ जनामा संक्रमण पुष्टि भएपछि अरुमा पनि संक्रमण फैलिएको हुन सक्ने आशंका छ ।

प्रहरीसँग झडप भएपछि त्यस क्षेत्रमा शुक्रबार कर्फ्यू लगाइएको थियो भने आइतबार मात्र प्रशासनको सहमतीमा रथ तानिएको थियो ।

प्रकाशित मिति: Sep 7, 2020

प्रतिक्रिया दिनुहोस्