Logo
६ जेष्ठ २०८१, आईतबार
(September 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गौशालाका एक प्रहरी पक्राउ

२१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रहरी कर्मचारी पक्राउ परेका छन् ।

गौशालाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेत बताए अनुसार २१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा सिंहलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दार्चुला घर भइ महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्र सिंह छन् ।

प्रहरी जवान सिंहले आइतबार वनकालीस्थित घरमै आएर आफूलाई बलात्कार गरेको पीडित युवतीको दाबी छ ।

‘अहिले म्याद थप गर्न पठाएका छौं’, बस्नेतले भने । जाहेरी दर्ता भएपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण समेत गराएको छ ।

म्याद थप गरेपछि बयान लिने प्रहरी तयारी छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जवान र पीडित भनिएको युवतीबीच पहिल्यैदेखि चिनजान रहेको पाइएको छ ।तर, दुईबीचको सम्बन्धबारे विस्तृतमा खुलिसकेको छैन ।

प्रकाशित मिति: Sep 7, 2020

प्रतिक्रिया दिनुहोस्