Logo
६ जेष्ठ २०८१, आईतबार
(September 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाईकाटेको अभियोगमा एक जना पक्राउ, नौ फरार

नुवाकोटको तादी गाउँपालिका-३ मा गाईकाटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोग लागेका नौ जना फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तुलबहादुर कार्कीका अनुसार तादी-३ को टुटुङमा गाई काटेको सूचनाको आधारमा पुगेको प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा तादी-१ उर्लेनीका ३० वर्षका सुरेशजंग लामालाई पक्राउ गरेको हो ।

अन्य नौ जना फरार भएकाले खोजी भइरहेको छ ।उनीहरुले गाई काटेर मासु भाग लगाउने तयारी गरिरहेको समयमा प्रहरी घटनास्थलमा पुगेको थियो ।

पाल्नका लागि भनेर खरिद गरेर ल्याएको गाई बाटोमै काटेको प्रहरीले जनाएको छ । गाई काट्न प्रयोग भएको घरेलु हतियार घटनास्थलबाट प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकालाई फौजदारी संहिता, २०७४ को परिच्छेद २७ मा उल्लेख भएबमोजिम र ‘पशुपक्षी सम्बन्धी कसूर’ अनुसार कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Sep 7, 2020

प्रतिक्रिया दिनुहोस्