Logo
२२ बैशाख २०८१, शनिबार
(September 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाविरुद्धको चिनियाँ खोप ५० हजार जनामा तेस्रो परीक्षण

चीनमा बनाएईको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ ।

अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक कम्पनीले विकास गरेको हो ।

कम्पनीद्वारा एक विज्ञप्ति जारी गर्दै कोभिड-१९ विरूद्धको उक्त खोप बहराइन, युएइ, मोरोक्को, पेरु, अर्जेन्टिनालगायतका देशहरुमा परीक्षण भइरहेको जानकारी गराएको छ ।

चीनमा त्यस बाहेक अर्को खोप पनि विकास गरिएको छ । सो खोप सिनोभाक कम्पनीले विकास गरेको हो ।

यसको पनि तस्रो चरणको परीक्षण भइरहेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति: Sep 6, 2020

प्रतिक्रिया दिनुहोस्