Logo
६ जेष्ठ २०८१, आईतबार
(September 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु

नेपालमा कोरोना संक्रमणबाट आज १४ जनाको ज्यान गएको छ ।

आजको मृतक संख्यासँगै कुल संख्या २ सय ७१ पुगेको छ । आज मृत्यु हुनेहरुमा ४ महिला र १० पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार आज काठमाडौंका तीनजना महिलाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु भएकासँगै अहिलेसम्म देशभर एक सय ९७ पुरुष र ७४ महिलाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: Sep 4, 2020

प्रतिक्रिया दिनुहोस्