Logo
६ जेष्ठ २०८१, आईतबार
(September 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुर स्थित एक निजि अस्पतालमा ४ बच्चा जन्माएकी आमाको निधन

 

प्रदेश २ को जनकपुरधामस्थित एक नीजि अस्पतालमा मंगलबार चार बच्चा जन्माएकी एक आमाको बुधबार दिउँसो मृत्यु भएको छ ।

धनुषाको विदेह नगरपालिका वडा नम्बर ७ स्थित जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार राति शल्यक्रियामार्फत एकै पटकमा चार बच्चालाई जन्म दिएकी थिइन् ।

एकैपटकमा चारवटा बच्चा जन्माएपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो । उनको उपचार भेन्टिलेटरमा राखेर भइरहेको थियो ।

उनको फोक्सोमा पानी तथा रगतको मात्रा जमेर पलमन्ड्री एडिमा देखिएपछि मंगलबारदेखि नै गम्भिर रहेको डा. जय यादवले जानकारी दिए ।

मंगलबार बिहान काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सोनिया सिंहले शल्यक्रियामार्फत बच्चाहरु निकालेकी थिइन् ।

अरमानाले शल्यक्रियामार्फत् जन्माएकी ३ छोरी र एक छोरा छन् । चारवटै बच्चाहरुलाई आइसियुमा राखेर उपचार भइरहेको काव्या अस्पतालका सञ्चालक डा. एसके सिंहले जानकारी दिए ।

प्रकाशित मिति: Sep 2, 2020

प्रतिक्रिया दिनुहोस्