Logo
५ जेष्ठ २०८१, शनिबार
(September 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षामन्त्री पोखरेलले हरेक स्थानीय तहमा पुस्तकालय बनाउन संयोजन गर्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले हरेक स्थानीय तहमा पुस्तकालय बनाउन आफूले संयोजन गर्ने बताएका छन

‘समाज रुपान्तरणको लागि पुस्तकालय’ भन्ने नाराका साथ आयोजना भएको १३औँ पुस्तकालय दिवसको अवसरमा शिक्षा मन्त्रालयले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री गिरिराजमणि पोखरेलले हरेक स्थानीय तहमा पुस्तकालय बनाउन आफूले संयोजन गर्ने बताएका हुन् ।

शिक्षामन्त्री पोखरेलले जमलमा बन्ने भनेको राष्ट्रिय पुस्तकालय रोक्का भएको कुनै व्यापारिक प्रयोजनको लागि नभई पुरातत्विक महत्वको विषय भएकाले रोकिएको आफूलाई जानकारी आएको बताए।

‘जमलमा राष्ट्रिय पुस्तकालय भवन निर्माणको काम रोकिनुमा पुरातत्विक स्थान बन्ने भनेको सुनेको छु, पोखरेलले भने, ‘मेरो आफ्नो तर्फबाट पुस्तकालय भवन छिटै निमार्ण हुनुपर्छ भनेर सक्दो गरिरहेको छु।’

‘एक स्थानीय तह एक पुस्तकालय बनाउनु पर्ने अहिलेको आवश्यकता हो। भौतिक मात्र नभएर ई-पुस्तकालय पनि अहिलेको आवश्यकता बनिसकेको छ,’ मन्त्री पोखरेलले भने, ‘पुस्तकालय बनाउन तिनै तहको उतिकै भूमिका हुने भएपनि विभागीय मन्त्रीको हैसियत र व्यक्तिगगत रुपमा पनि शिक्षा मन्त्रालयले संयोजन गर्नेछ।’

प्रकाशित मिति: Sep 2, 2020

प्रतिक्रिया दिनुहोस्