Logo
५ जेष्ठ २०८१, शनिबार
(August 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज काठमाडौँका यी स्थानमा बिहान ११ देखि ५ बजेसम्म बति नआउने

नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौँका विभिन्न स्थानमा बुधबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणको कुलेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा रुखका हाँगा कटान गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो।

प्राधिकरणका अनुसार सोल्टी दोबाटो, सिभिल होम्स, टौखेल, सीतापाइला, इचङ्गुनारायण, पद्यमा कोलेनी, भीमढुङ्गा, नर्सरी भञ्ज्याङ, छत्रे देउरालीलगायत स्थानमा विद्युत् कटौती हुने भएको छ।

प्राधिकरणले समय अगावै काम सकिए लाइन पुनः सञ्चालनमा आउने जनाएको छ भने प्राधिकरणले ती स्थानमा विद्युत् काटिँदा उपभोक्तालाई परेको असुविधाप्रति क्षमा मागेको सूचना अधिकारी लिलाकुमारी अर्यालले जानकारी दिए।

प्रकाशित मिति: Aug 26, 2020

प्रतिक्रिया दिनुहोस्