Logo
५ जेष्ठ २०८१, शनिबार
(August 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बोक्सा भन्दै हातपात गरेको आरोपमा ६ जना पक्राउ

google

बाग्मती प्रदेश स्थित सिन्धुलीमा बोक्सा भन्दै हातपात गरेको आरोपमा  ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लक्ष्मण बम्जनलाई बोक्सा भन्दै हातपात गरेको प्राप्त उजुरीको आधारमा उनीहरुलाई यही भदौ ७ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामहादुर खत्रीले बताए ।

पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका—५ हात्तिदमारका ३० वर्षीया हरिमाया वाईबा, २३ वर्षीय शुकबहादुर वाईबा, ५० वर्षीया फुलमाया वाईबा, २६ वर्षीया रजिनामाया वाईबा, २४ वर्षीय लाल भन्ने तासिङ लामा र काभ्रे धुलिखेल नगरपालिका—८ का २२ वर्षीय सुरेन्द्र तामाङ वाईबा रहेका छन् ।

पक्राउ परेका सबैलाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी बोक्साको आरोप लगाएको मुद्दामा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति: Aug 25, 2020

प्रतिक्रिया दिनुहोस्