Logo
५ जेष्ठ २०८१, शनिबार
(August 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कैलालीको घोडाघोडीमा आइसोलेशनमा रहेकी ३५ वर्षीय महिलाको मृत्यु

सुदूरपश्चिम प्रदेश स्थित कैलालीको घोडाघोडी नगरपालिकाको आइसोलेशनमा रहेकी ३५ वर्षीय महिलाको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका वडा नम्बर ११ को आइसोलेशनमा रहेकी ३५ वर्षीया महिलाको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायाका अनुसार भारतको अस्पतालमा उपचार सम्भव नभएको भनेपछि ती महिलालाई घर ल्याईएको बुझिएको  छ ।

मृतक महिलाका दुवै किडनी फेल भएकाले भारतबाट घर ल्याइएको प्रहरी निरीक्षक  बताए ।  प्रहरी निरीक्षक रोकायाले ती महिला केही दिन अगाडि मात्रै भारतबाट परिवारसहित घोडाघोडी पुगेकी बताए ।

‘श्रीमान र छोरासहित घोडाघोडीमा आफन्तको घर आएकी थिइन्’ उनले भने, ‘श्रीमान र छोरामा कोरोना भाइरसको संक्रमण देखिएपछि महिलालाई पनि वडा नम्बर ११ को आइसोलेशनमा राखिएको थियो, सोमबार साँझ उनको मृत्यु भएको छ ।’

उनको स्थायी घर बझाङ रहेको पनि प्रहरी निरीक्षक रोकायाले बताए । मृतकको स्वाब संकलन गरी परीक्षण गरिने छ ।

प्रकाशित मिति: Aug 25, 2020

प्रतिक्रिया दिनुहोस्