Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीर अस्पतालमा उपचाररत पूर्व मन्त्री सोनेलाल राय यादवको निधन

७२ वर्षीय पूर्व सहायक गृह राज्यमन्त्री सोनेलाल राय यादवको उपचारको क्रममा वीर अस्पतालमा निधन भएको छ ।

उनी ६३ दिनदेखि वीरमै उपारार्थ थिए । यादवको आज वीर अस्पतालमा आईसियुमा उपचारकै क्रममा पौने तीन बजे निधन भएको उनका जेठा छोरा रागोपाल राय यादवले जानकारी दिएका छन् ।

मेनिजाईटिस भएपछि यादवलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको थियो ।मृत्तक यादवका जेठो छोरा रामगोपालका अनुसार वीरमा ल्याउनुअघि उनलाई काठमाडौंको ओम अस्प्तालमा एक हप्ता राखिएको थियो ।

सर्लाही साविक खुटौना गाविस वडा नम्बर ४ (हाल मलंगवा नगरपालिका वडा नम्बर ६) घर भएका यादवकी श्रीमती कैलाशदेवी यादव, दुई छोरा रामगोपाल राय यादव र लालबाबु राय यादव छन् भने एक छोरी अनिता यादव छिन् ।

यादवको शव आजै जिल्ला लगिने र भोलि दाहसंस्कार गरिने परिवारले जनाएको छ । राजाको प्रत्यक्ष शासन कालमा यादव गृह सहायक राज्यमन्त्री थिए ।

यादव २०२८ सालदेखि गाउँ प्रक अधिकारी, मजदुर संगठनको केन्द्रिय कोषाध्यक्ष र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको तत्कालिन राप्रपा संयुक्तका प्रदेश नम्बर २ का प्रमुख थिए ।

प्रकाशित मिति: Aug 24, 2020

प्रतिक्रिया दिनुहोस्