Logo
५ जेष्ठ २०८१, शनिबार
(August 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज थप ८३८ जनामा कोरोना पुष्टि, २५० डिस्चार्ज

पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण तेजगतिमा फैलिरहेको अवस्थामा गएको २४ घण्टा भित्रमा थप ८३८जनामा कोरोना पुष्टि भएको छ ।

योसंगै कुल संक्रमितको सख्या ३० हजार ४ सय ८३पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १८ हजार २ सय १४ जना संक्रमणमुक्त भएका छन् । आज २५० जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

काठमाडौं उपत्यकामा १८२ जनामा  संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति: Aug 21, 2020

प्रतिक्रिया दिनुहोस्