Logo
१ जेष्ठ २०८१, मंगलबार
(August 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाले घरमा खुम्चाएको तीज : फेसबुकमा तीज-तस्विरको रौनक

नेपाली महिलाहरुले धुमधाँमका साथ मनाउने तीज यसपटक कोरोना संकटले घरमा खुम्चाएको छ । यो वर्ष कोरोना भाइरसको महामारीले गर्दा पहिलाको जस्तो सहज वातावरण छैन।

कोरोना संक्रमणको जोखिम बढेपछि काठमाण्डौ उपत्यका समेतमा स्थानीय प्रशासनहरुले निषेधाज्ञा जारी गरेको छ।

सरकारले अति आवश्यक काम बाहेक अरु बेलामा बाहिर ननिस्कन आग्रह गरेको छ र नियम नमान्नेलाई कारवाही समेत गरेको छ।

कोरोना भाइरसको संक्रमण फैलदै जान थालेपछि तीजमा हुने सांस्कृतिक कार्यक्रमहरु सबै प्रभावित भएको छ ।

यसैबीच समाजिक संजालहरु फेसबुक, इन्ष्टाग्राम लगायतहरुमा तीजको रौनक देखिएको छ । समाजिक संजालमा तीन मनाइदै गरिएको तस्विर धेरे पोष्टिएका छन् ।

हेर्नुस् केहि नमूना तस्विरहरु : 

 

प्रकाशित मिति: Aug 21, 2020

प्रतिक्रिया दिनुहोस्