Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनले यो वर्षको अन्तिमसम्म कोरोना विरुद्धको खोप बजारमा ल्याउने घोषणा

चीनको कम्पनी सिनोफार्मले यो वर्षको अन्तिमसम्म कोरोना विरुद्धको खोप बजारमा ल्याउने  घोषणा गरेको छ ।

चीनको कम्पनी सिनोफार्मले खोपको तेस्रो चरणको परीक्षण चलिरहेको र यो वर्षको अन्त्यसम्ममा बजारमा आइसक्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।

सिनोफार्म कम्पनीले बनाइरहेको खोपको तेस्रो चरणको परीक्षण संयुक्त अरब इमिरेट्स यूएईमा चलिरहेको छ । सिनोफार्मका प्रमुख लिउ जिंगझेन आफैँले पनि परीक्षणका लागि खोप लागएको र अहिलेसम्म कुनै नकारात्मक असर नगरेको बताएका छन् ।

चीनको बेइजिङ र वुहानमा एक वर्षमा क्रमश १० दशमलव २ करोड र १० करोड डोज खोप उत्पादन गर्ने प्रयोगशाला रहेको चीनले दाबी गरेको छ ।

यो खोप दुई डोज लगाए बापत एक हजार युआन अर्थात एक हजार ७ सय रुपैयाँ पर्नेछ । तर चीनकै कतिपय सञ्चार माध्यमले भने यो रकम ग्रामिण क्षेत्रमा बस्ने र कम आए भएकालाई महङ्गो पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अहिले विश्वमा झण्डै २ सय वटा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण चलिरहेको छ भने २० भन्दा धेरै मानव परीक्षणको चरणमा रहेका खबरमा उल्लेख छ ।

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्