Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बार्सिलोनाले गर्‍यो मुख्य प्रशिक्षकबाट सेटिएनलाई बर्खास्त

स्पानियस जायन्ट बार्सिलोनाले  मुख्य प्रशिक्षक सेटिएनलाई बर्खास्त गरेको छ ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले सेटिएन लाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको पुष्टि गरेका छन् ।

सेटेनलाई जनवरीमा अर्नेस्टो भाल्भर्डेको स्थानमा बार्सिलोनाले क्लबको मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको थियो ।
च्याम्पियन्स लिग क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हारपछि ६१ वर्षीय सेटिएनको जागिर धरापमा परेको थियो ।

उनी यसअघि पनि बार्सिलोनाको प्रशिक्षक बन्न सक्ने बताइए पनि रोनाल्डलाई पछि पार्दै सेटेनलाई प्रशिक्षकमा नियुक्त गरेको थियो ।

क्लबका अध्यक्ष बार्टोमेउले सेटेनको औपचारिक बिदाबारे सोमबार घोषणा गर्ने तयारीमा रहेको बताएका छन् ।

अब उनको स्थानमा पूर्वडिफेन्डर रोनाल्ड कोइम्यानलाई बार्सिलोनाको अर्को प्रशिक्षकका रूपमा अनुबन्ध गर्ने तयारी छ ।तर, उनले नेदरल्यान्ड्ससँगको सम्झौताका कारण यसअघि क्याम्प नाउमा अनुबन्ध हुन नसकेको बताएका छन् ।

त्यस्तै टोटेनह्मका पूर्वप्रबन्धक माउरिसियो पोचेटिनो, बार्सिलोनाका पूर्व खेलाडी जाभी र युभेन्टसका पूर्वप्रशिक्षक मासिमिलियानो एलेग्री पनि सम्भावित विकल्पका रूपमा छन् ।

प्रकाशित मिति: Aug 17, 2020

प्रतिक्रिया दिनुहोस्