Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) निश्कासनका लागि बिक्री प्रवन्धकका रुपमा एनआइबिएल एस क्यापिटल छनौट भएको छ।

कम्पनीले ७५ करोड रुपैयाँ बराबरको आइपिओ निश्कासन गर्ने भएको हो। कम्पनीले अंकित मूल्य १ सयका दरले पचहत्तर लाख कित्ता आइपिओ निश्कासन गर्ने भएको हो।

सिटिजन्स लाइफको आइपिओमा बिक्री प्रवन्धकको रुपमा काम गर्ने सम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरे।

अधिकृत पुँजी ३ अर्ब रुपैयाँ रहेको कम्पनीमा संस्थापक शेयरधनीबाट १ अर्ब ७५ करोड चुक्ता भइसकेको र सर्वसाधारणका लागि छुट्टाइएको आइपिओ निश्कासनपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड पुग्ने छ।

कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै लगेको छ। कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार यस्तो बीमा कोष गत आर्थिक वर्षको चौथो त्रैमासमा मा १६४ प्रतिशतले र कुल बीमा शुल्क आर्जनमा ६९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।

जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट ११७ प्रतिशतले वृद्धि भई ४९ करोड ६१ लाख, लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ३१ प्रतिशतको वृद्धि भई ३३ करोड ८३ लाख पुर्‍याउन सफल भएको छ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकममध्ये करिब ९१ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ।

यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह हुने कम्पनीको दावी छ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसँग बीमा जस्ता विभिन्न कार्यक्रमहरु अघि बढाएको छ।

प्रकाशित मिति: Aug 12, 2020

प्रतिक्रिया दिनुहोस्