Logo
१५ बैशाख २०८१, शनिबार
(August 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्राजिलमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९९ हजार ५७२ पुग्यो

विश्व माहामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण ब्राजिलमा ज्यान गुमाउनेको संख्या ९९ हजार ५७२ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म ब्राजिलमा ९९ हजार ५७२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

यता बीबीसीले भने ब्राजिलमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख नाघिसकेको जनाएको छ । आइतबार ब्राजिलमा १ हजार ७९ कोरोना संक्रमितको ज्यान गएको छ ।

ब्राजिलमा २९ लाख ६२ हजार ४४२ जनामा कोरोना संक्रमण देखिसकेको छ । अमेरिका पछि सबैभन्दा कोरोना प्रभावित देश ब्राजिल हो ।

संक्रमणको पहिलो ३ महिनामा ब्राजिलमा ५० हजार कोरोना संक्रमितको मृत्यु भएको थियो । पछिल्लो ५० दिनमा थप ५० हजार संक्रमितको ज्यान गएको छ ।

प्रकाशित मिति: Aug 10, 2020

प्रतिक्रिया दिनुहोस्