Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतद्वारा नेपाली सेनालाई १० वटा भेन्टिलेटर हस्तान्तरण

भारत सरकारले नेपाली सेनालाई १० वटा भन्टिलेटर हस्तान्तरण गरेको छ ।

आज जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच भारतिय महामहिम राजदुत विनय मोहन क्वात्राले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई दश थान भेन्टिलेटर हस्तान्तरण गरेका छन् ।

कोभिड-१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी कोभिड-१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७ू को सफल कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यले मित्रराष्ट्र भारतद्धारा नेपाली सेनालाई २ करोड ८० लाख भारतीय रुपैयाँ वराबरको उक्त भेन्टिलेटरहरु उपलब्ध गराएको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति महारथी थापाले मित्रराष्ट्र भारतको सहयोग प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका थिए ।

प्रकाशित मिति: Aug 9, 2020

प्रतिक्रिया दिनुहोस्