Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साझा दायित्वबोधका साथ एकताबद्ध भई लाग्न आजको दिनले प्रेरणा देओस्ः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २६औँ विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना दिँदै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न साझा दायित्वबोधका साथ एकताबद्ध भई लाग्न आजको दिनले प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।

मुख्मन्त्री गुरुङले  आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको प्रयोग र रक्षा गर्दै थप अधिकारको सुनिश्चितताका लागि अघि बढ्ने बताएका छन् ।

बन्दाबन्दी हटे पनि कोभिड-१९ को सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा आवश्यक सुरक्षा र सजगता अपनाउन उनले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई आग्रह गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९४ मा आदिवासी जनजातिका आधारभूत मानवाधिकार संरक्षण र संवद्र्धनका लागि विश्व आदिवासी दिवस मनाउने घोषणा गरेको थियो ।

नेपालमा पनि आदिवासी जनजातिको अधिकार र मागलाई उठान गर्ने दिनका रूपमा प्रत्येक वर्ष अगष्ट ९ का दिन यस दिवस विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको छ ।

प्रकाशित मिति: Aug 9, 2020

प्रतिक्रिया दिनुहोस्