Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्षेत्रगत लकडाउन : उपत्यकामा १५ दिनसम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द

नेपालमा कोरोना भाइरस संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि काठमाडौं उपत्यकामा आइतबारदेखि १५ दिनसम्म अत्यावश्यकबाहेकका  सेवा बन्द गरिने भएको छ ।

आज बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बै‌ठकले १५ दिनसम्म अत्यावश्यकबाहेकका सेवाहरू बन्द गर्ने सहमत भएका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अत्यावश्यकबाहेका सेवा बन्द गर्नेबारे तीनै जिल्लाका अधिकारीहरूबीच सहमति भइसकेको र निर्णय केहीबेरमा गरिने जानकारी दिए ।

उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिमलाई न्यूनीकरण गर्नका लागि शान्ति सुरक्षा अत्यावश्यक सेवाबाहेकका सेवा १५ दिन बन्द गर्ने सहमति गरेको हो ।

पछिल्लो समय काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरूमा संक्रमण बढ्दै गएको छ ।

संक्रमणको दर बढेको र त्यसमा पनि सरकारी कार्यालयहरूमा बढी देखिन थालेपछि यस्तो सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन भनेको छ ।

हिजो मात्रै काठमाडौंमा ७६ जना, ललितपुरका १० जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म काठमाडौंमा ६ सय ७५, भक्तपुरको ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: Aug 7, 2020

प्रतिक्रिया दिनुहोस्