Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट नेशनल मेडिकल कलेजमा कार्यरत एक पुरुषको मृत्यु

प्रदेश नं २ स्थित पर्सामा नेशनल मेडिकल कलेजमा कार्यरत ४५ बर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

मुटु तथा मधुमेह रोगका विरामी रहेका ४५ बर्षीय युवकको आज विहान उपचार क्रममा मृत्यु भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारि दिएका छन् ।

नेशनल मेडिकल कलेजमा सोमबार राति भर्ना भएका थिए । उनको मंगलबार राति कोरोना पोजेटिभ रिपोट आएको थियो र उनलाई मंगलबार रातिनै अस्थाइ कोरोना अस्पताल विरगंज हेल्थ केयरमा भर्ना गरिएको थियो ।

यसअघि पखाला लागेर सिकिस्त भएकी पर्सा, पोखरीया ८ की १८ वर्षीया ती युवतीलाई उपचारका लागि वीरगन्जस्थित नेसनल मेडिकल शिक्षण अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै सोमबार दिउँसो मृत्यु भएको थियो र उनको मङ्गलबार राति आएको रिपोर्टमा किशोरीमा कोरोना पोजेटिभ देखिएको थियो ।

यो सँगै पर्सामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

प्रकाशित मिति: Aug 5, 2020

प्रतिक्रिया दिनुहोस्