Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डीएसपीसहित सशस्त्र प्रहरीका १३१ जनामा कोरोना संक्रमण

अहिलेको बर्तमान अवस्थामा कोरोना भाइरस नेपालमा पनि तिब्र गतिमा फैलिरहेको अवस्थामा देशभरका विभिन्न स्थानमा डीएसपीसहित सशस्त्र प्रहरी बलका १३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार संक्रमितमा काठमाडौंका १, बाराका १, झापाका ३३ र अन्य सबै इलामका छन् ।जसमा एकजना डीएसपी पनि छन् ।

जसमध्ये ६८ जना डिस्चार्ज भइसकेका छन् । डीआईजी अर्यालका अनुसार संक्रमितको उपचारसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको स्वास्थ्य जाँचलगायत प्रक्रिया जारी छ ।

उनले संक्रमण देखिएका स्थानमा विभिन्न अन्य युनिटबाट कामकारबाहीका लागि टोली परिचालन गरिएको छ ।

प्रकाशित मिति: Aug 4, 2020

प्रतिक्रिया दिनुहोस्