Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउन विषयबारे स्वास्थ्यविज्ञसँग परामर्श गर्दै प्रधानमन्त्री

हाल नेपामा कोरोना भाइरस संक्रमण तिब्र फैलिदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अबको विकल्पबारे स्वास्थ्यविज्ञसँग छलफल गर्दै छन्।

छलफलका लागि प्रधानमन्त्री ओलीले स्वाथ्यसहितका क्षेत्रका विज्ञलाई बोलाएको र मंगलबार बिहान ११ बजेपछि परामर्श हुने छ।

सरकारले चैतदेखि लागु भएको लकडान साउन ६ गते खुला गरेपछि गतिविधि बढेका छन् । यही बिचमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि लगातार बढिरहेको छ।

काठमाडौँ उपत्यकासहितका क्षेत्रमा संक्रमण तीव्र भएका बेला विभिन्न क्षेत्रबाट लकडाउन पुनः लागु गर्नु पर्ने आवाज आइरहेका बेला प्रधानमन्त्री ओलीले विज्ञसँग अबको विकल्पबारे छलफल गर्न लागेका हुन्।

लकडाउन गर्दा आर्थिक गतिविधि ठप्प हुने र नगर्दा संक्रमणको जोखिम बढ्ने भएकाले विकल्पबारे छलफल हुन लागेको हो।

प्रकाशित मिति: Aug 4, 2020

प्रतिक्रिया दिनुहोस्