Logo
१५ बैशाख २०८१, शनिबार
(August 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा पनि टिकटकमा प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भोलि बेलुकासम्म टिकटकमाथि प्रतिबन्धको घोषणा गर्ने बताए ।

उनले कार्यकारी आदेशमार्फत टिकटकमाथि प्रतिबन्ध लगाउने वा फरक तरिकाबाट लगाउने भन्नेबारे केही बताएका छैनन् ।

तर उनले शनिबारदेखि अमेरिकाभर लागु हुनेगरी टिकटकमा प्रतिबन्ध लगाउने बताएका हुन् ।

अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटक किन्नेबारे छलफल सुरु गरेलगत्तै ट्रम्पको भनाई आएको हो ।

टिकटकमाथि भारतले प्रतिबन्ध लगाइसकेको छ भने अमेरिकामा पनि टिकटकमा उल्लेख्य प्रयोगकर्ताहरु रहेका छन् ।

प्रकाशित मिति: Aug 1, 2020

प्रतिक्रिया दिनुहोस्