Logo
२५ श्रावन २०७७
(July 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द

प्रदेश नं २ स्थितम होत्तरीको जलेश्वर नगरपालिका आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले आज एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि आजबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जनाएका छन् ।

उनले अति आवश्यक कामबाहेक आजदेखि जलेश्वर नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितका लागि बन्द रहने सूचनामा उल्लेख गरेका छन् ।

साथै विश्वभरि महामारीका रूपमा फैलिएको कोरोनाको उच्च जोखिममा रहेका जलेश्वर नगरवासीलाई सतर्कता अपनाइ नगरपालिकालाई सहयोग गर्न अपिलसमेत गरे ।

प्रकाशित मिति: १५ श्रावण २०७७, बिहीबार १५:५६

प्रतिक्रिया दिनुहोस्