Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हलिउड स्टार ओलिभिया डी हेभिल्यान्डको १०४ वर्षको उमेरमा निधन

हलिउड स्टार ओलिभिया डी हेभिल्यान्डको १०४ वर्षको उमेरमा निधन भएको छ ।

न्यूयोर्ककी प्रचारक लिजा गोल्बर्गले हेविल्याण्डको आइतबार बेलुका पेरिसस्थित आफ्नो घरमा निधन भएको जानकारी दिइन् । उनी ओस्कर पुरस्कार बिजेता जोन फोंटेनकी बहिनी थिइन् ।

उनले हलिउडमा ५० वर्ष काम गरेकी थिइन भने ओस्कार अवार्ड जित्ने सबैभन्दा वृद्धा उनको पेरिसमा निधन भएको हो ।
जापानको टोकियोमा सन् १९१६ मा जन्मिएकी उनी परिवारसँग क्यालिफोर्नियामा परिवारको साथमा पुगेकी थिइन् ।

करिअर अवधिमा ५० वटा फिल्ममा अभिनय गरेकी हिेभिल्यान्ड सन् १९३९ मा प्रदर्शनमा आएको गन विथ द विन्डकी नायिका हुन् ।

उक्त फिल्म ओस्कारको नोमिनेसनमा परेको मध्ये हेभिल्यान्ड अभिनित लोकप्रीय चलचित्र हो ।हेविल्याण्डले दुई विवाह गरेकी थिइन् तर दुबै पटक उनको सम्बन्धविच्छेद भएको थियो ।

प्रकाशित मिति: Jul 27, 2020

प्रतिक्रिया दिनुहोस्