Logo
२० बैशाख २०८१, बिहीबार
(July 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नदीमा आएको बाढीका कारण काबेली करिडोरको १३२ मेगावाट विद्युत् उत्पादन बन्द

अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण काबेली करिडोर १३२ केभी प्रसारण लाइनमा विद्युत् उत्पादन बन्द भएको छ ।

बाढीको कारण इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालनमा रहेका अधिकांश जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको हो ।

काबेली करिडोर १३२ केभी प्रसारण लाइनमा तीन जिल्लामा सञ्चालनमा रहेका १७५ मेगावाट विद्युत् जोडिएको अहिले ४३ मेगावाट विद्युत् मात्रै प्रवाह भइरहेको छ ।

इलाममा रहेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट विद्युत् उत्पादन भइरहेकोमा सोमबार दिउँसो १ बजेबाट विद्युत् उत्पादन बन्द भएको काबेली करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख दीपेन्द्रराज दुवेदीले जानकारी दिए ।

त्यहाँ नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका जलविद्युत आयोजनाहरु सञ्चालित छन् ।त्यसैगरि, पाँचथर र ताप्लेजुङको सीमामा पर्ने काबेलीमा विभिन्न आयोजनाबाट उत्पादन हुने ४० मेगावाटमा ३५ मेगावाट उत्पादन भइरहेको छ ।

यसैगरी, पाँचथरमा सञ्चालित विभिन्न आयोजनाहरुबाट ३७ मेगावाट विद्युत् उत्पादन भइरहेकोमा वर्षाका कारण ८ मेगावाट मात्रै उत्पादन भइरहेको छ ।

‘केहीअघि काबेली करिडोर प्रसारण लाइनमा समस्या आउँदा ती आयोजनाहरको विद्युत उत्पादन बन्द भएको थियो, अहिले हामीले प्रसारण लाइनको मर्मतसम्भार गरी सञ्चालनमा ल्यायौं, तर अहिले वर्षाका कारण ती आयोजनाहरुको विद्युत् उत्पादन नै बन्द भएको छ’, दुवेदीले भने ।

प्रकाशित मिति: Jul 20, 2020

प्रतिक्रिया दिनुहोस्