Logo
१७ बैशाख २०८१, सोमबार
(July 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् ! महिलाको पाठेघर खस्नुका कारण र यसको उपचार

अहिलेको बर्तमान अवस्थामा पाठेघर खस्ने समस्या महिलामा दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

हाम्रो जस्तो विकासोन्मुख देशमा देशमा अझै पनि प्रयाप्त मात्रामा स्वास्थ्य शिक्षा पुगन सकेको छैन ।

त्यसमाथी पनि पाठेघर सम्वन्धी ज्ञानको महिला दिदिबहिनीमा एक दमै कम भएको हामी पाउदछौ । पाठेघर भन्ने वितिकै योैन स्वास्थ्य भित्र पर्दछ ।

हाम्रो समाजमा अझै पनि प्रजनन् स्वास्थ्य सम्वन्धीत रोगको विषयमा खुलेर कुरा गरिरहेका पाइदैन त्यसकारण पनि महिलाहरुले यो रोग लाग्ने वितिकै लुकाएर राख्ने गर्दछन् ।

उपाचार गर्न गए पनि डक्टरलाई खुलेर बताइरहेका हुदैनन् । सामान्यतया आफ्नो स्थानबाट पाठेघर (युटेरस) बाहिर निस्कने वा आफ्नो ठाउँमा रहन नसक्ने अवस्थालाई पाठेघर खसेको भनिन्छ।

महिला स्वास्थ्यका लागि धेरै कार्यक्रम अनि योजना बने पनि हाम्रोजस्तो विकासोन्मुख देशमा यो समस्या अझै टड्कारो रुपमा छ। महिला घरका कामदेखि लिएर घर बाहिरका काममा पनि उतिकै लागिपरेका हुन्छन्।

गह्रौं काम गर्नेदेखि भारी बोक्नेसम्मका कामले बच्चा जन्माउने महिला जोखिममा पर्छन्।

ग्रामीण क्षेत्रमा रहेका महिलाहरूमा बढी समस्या छ । महिलाको प्रजनन् स्वास्थ्यसम्बन्धी समस्यामध्ये पाठेघर खस्ने मुख्य समस्या हो ।

परिवारका सदस्यसँग कुरा गर्दा लाज र इज्जत जाने डरले सबैले रोग पालिरहेको अवस्था छ ।यसले कतिपय महिलाहरू मानसिक, शारीरिक रूपमा श्रीमान्बाट समेत पीडित भएर बाँच्न बाध्य छन् ।

कारणहरु

-गर्भवती अवस्थामा पाठेघर तन्किएर ठूलो हुने भएकाले पनि पाठेघर खस्ने समस्या आउन सक्छ। गर्भावस्थामा पाठेघर तन्किएर ७० देखि १ हजार ग्रामसम्म पुग्ने गर्छ। उक्त अवस्थामा पाठेघरलाई सहयोग गर्ने मांसपेसी पनि कमजोर बन्न पुग्छ। पाठेघरलाई आराम नदिईकन छिटोछिटो बच्चा जन्माउनाले पनि पाठेघर खस्ने समस्या निम्त्याउँछ।

– बच्चा जन्माउँदा लामो व्यथा लागेर वा उक्त समयमा राम्रो हेरचाह अनि सही तरिका अपनाइएन भने पनि पाठेघर कमजोर भई खस्न सक्छ।

– बच्चा ठूलो भएमा वा एकभन्दा बढी बच्चा भएमा पनि पाठेघर खस्ने समस्या आउन सक्छ।

– आमाको तौल बढी भएमा।

– महिनावारी रोकिएपछि एस्ट्रोजेन हर्मोनको कमी भएर।

-पाठेघरमा ट्युमर भएमा।

– लामो समयसम्म खोकी लागिरहेमा।

– कसै–कसैमा जन्मजात पाठेघरलाई सपोर्ट गर्ने मांसपेशी कमजोर भएमा।

पाठेघर खसेपछि हुने जटिलता

-पाठेघर झर्नु र बच्चा पाउनु आफैंमा रोग हुँदै हैन । तर, पाठेघर खसेपछि नयाँ रोगहरू आउन सक्छन् । पाठेघर झरेपछि तन्केर जान्छ र त्यहाँ रगतका नलीहरू पुग्न सक्दैनन् । नपुगेपछि त्यस ठाउँमा रगत कम हुन्छ र घाउहरू बन्छ, अल्सर हुन्छ । रगत र अक्सिजनको मात्रा नपुगेर अल्सर हुन्छ, त्यसपछि सेतो पानी बग्छ ।

-खोक्दा, हाछ्युँ गर्दा, हाँस्दा, उकालो-ओरालो गर्दा पिसाब चुहिने सम्भावना हुन्छ । पाठेघर र पिसाब थैली खसेपछि एकै ठाउँमा डल्लो हुन्छ, त्यहाँ पिसाब जमिराख्छ । त्यसले संक्रमण हुन्छ, पिसाब गर्ने पोजिसन फरक गरेपछि मात्रै पिसाब हुन्छ । मृगौलाबाट पिसाब नली हुँदै पिसाब थैली भएर बाहिर निस्किने, युरिन आउने ठाउँहरू तन्किएर ब्लक हुन्छ ।

-अर्को समस्या, पाठेघर त ‘लुज’ भएर खस्ने हो, पाठेघर खस्नेसँगै पिसाब थैली पनि झर्छ । पछाडिपट्टि मलद्वारको भाग पनि झर्छ । पिसाबको थैली झर्नेमात्रै हैन, जुन नली छ त्यो खुला हुन्छ, लुज हुन्छ, त्यसपछि पिसाब रोक्न सकिन्न ।

-त्यो भएपछि बांगिएर पिसाब राम्रोसँग ‘ड्रेन’ हुन सक्दैन । पछि पछि त मृगौला पनि सुनिँदै-फुल्दै जान्छ, अनि काम गर्न छोड्छ । यसलाई युरोप्याथी भनिन्छ ।
सामाजिक जटिलता पनि हुन्छ । सेतो पानी बगिरहन्छ, रगत पनि बग्न सक्छ, पिसाब पनि चुहिन्छ । यस्तो हुँदा दुर्गन्ध हुने भएका कारण सामाजिक भेलामा महिलाहरूलाई जान गाह्रो हुन्छ ।

-सानो उमेरमा विवाह गरेर बच्चा पाउँदा पनि पाठेघर खस्छ । यौनसम्पर्क गर्न गाह्रो हुँदा उनीहरूको दाम्पत्य जीवनमा जटिलता आउन सक्छ । यसले मनोवैज्ञानिक असर पर्ने भइहाल्यो ।

समाधानका उपाय

– परिवार नियोजनका साधन प्रयोग गरी जन्मान्तर बढाउने।

– स्वास्थ्य संस्थामा बच्चा जन्माउने।

– गर्भवती हुँदाको अवस्थामा गह्रौं सामन नउचल्ने।

– आराम गर्ने सुत्केरी अवस्थामा।

-पाठेघरमा ट्युमर पलाएको छ भने उपचार गर्ने।

– लगातार खोकी वा कब्जियत भए, त्यसको समयमै समाधान खोज्ने।

– तौल नियन्त्रण गर्ने।

घरेलु उपचार 

लुगा च्यातिएपछि सिलाउनुपर्छ, ‘लुज’ भयो या ठूलो भयो भने घटाउनुपर्छ । पाठेघर खसेको उपचार पनि यस्तै हो ।

कुपोषित छ भने मासुको तन्तुहरू बलियो हुँदैन, त्यसो हुँदा पोषणयुक्त खायो भने केही राम्रो हुन्छ ।

गर्भवती हुँदा विशेष ध्यान दिनुपर्छ । बच्चालाई स्तनपान गराइरहनुपर्छ, त्यसकारण पोषण दूधमा गएर महिलाको आफ्नो शरीरमा पोषणको कमी हुन्छ ।

त्यसैले पोषणयुक्त खानेकुरा खानुपर्छ । सुत्केरी हुँदा रगत बगेको हुन्छ, त्यसको पूर्तिको लागि पनि प्रशस्त पोषणयुक्त खानेकुरा खानुपर्छ ।

केगल व्यायम
पाठेघरको मांसपेशी अनि पाठेघरलाई सपोर्ट गर्ने मांसपेशीलाई बलियो बनाउनका लागि यो व्यायम गरिन्छ।

पिसाब फेरिरहेको बीचको बेलामा पिसाब रोक्न खोज्ने, रोक्ने अनि फेरि फेर्ने अथवा ‘पेल्भिक फ्लोर’का मांसपेशीलाई कडा बनाउने ९१ देखि १० सम्म० अनि बिस्तारै खुकुलो बनाउने अभ्यास जुनसुकै बेला गर्न सकिन्छ।

जनचेतना अभावका कारण पनि पाठेघर खस्ने समस्या न्यूनीकरण भइरहेको छैन। त्यसैले जनचेतना जगाउन अत्यन्त जरुरी छ। अर्को भनेको, नियमित स्वास्थ्य जाँच गराउने, स्वास्थ्य संस्थामा बच्चा जन्माउने र त्यसका लागि प्रोत्साहन गर्ने काम पनि उत्तिकै जरुरी छ।

सरकारी अनि गैरसरकारी संस्थाबाट महिला स्वास्थ्यका लागि धेरै योजना र कार्यक्रम लागू भए पनि ग्रामीण भेगका महिलाको हितमा अझै प्रगति हुन सकेको छैन। सहरी भेगमा केही सकारात्मक सुधार भए पनि ग्रमीण भेगका महिलाको स्वास्थ्यमा उल्लेख्य सुधार आउन सकेको छैन।

 

 

प्रकाशित मिति: Jul 19, 2020

प्रतिक्रिया दिनुहोस्