Logo
२० बैशाख २०८१, बिहीबार
(July 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौद्रिक नीतिप्रति सन्तुष्ट यातयात व्यवसायी : भोलिदेखि सार्वजनिक यातायात चलाउने

काठमाडौं : मौद्रिक नीतिप्रति सन्तुष्ट भएका व्यवसायीहरुले सोमबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन् ।

आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीले भोलिबाट यातायात सञ्चालन गर्ने बताएका हुन् । सरकारले असार २६ गते नै छोटो दुरीको सवारी चलाउन दिने निर्णय गरेपनि व्यवसायी मानेका थिएनन् ।

तर मौद्रिक नीतिले उनीहरुको अधिकांश माग सम्बोधन गरेपछि यातायात व्यवसायीहरु स्वास्थ्य सुरक्षालाई पनि ध्यानमा राख्दै गाडी चलाउन सहमत भएका हुन् ।

 

प्रकाशित मिति: Jul 19, 2020

प्रतिक्रिया दिनुहोस्