Logo
२० बैशाख २०८१, बिहीबार
(July 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलुकको शोधनान्तर स्थिति एक खर्ब ७९ अर्ब बचतमा

नेपालमा कोरोना भाइरसका कारण अर्थतन्त्र चलायमान हुन नसके पनि मुलुकको शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोडले बचतमा छ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ११ महिनासम्ममा ८० करोड ३१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७६÷०७७ को ११ महिनाको तथ्यांक अनुसार समीक्षा अवधिमा चालु खाता घाटा ७१.२ प्रतिशतले घटी ७१ अर्ब ६४ करोड कायम भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब ४९ अर्ब ८ करोड रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको ११ महिनामा २ अर्ब २० करोड चालु खाता घाटा रहेकोमा समीक्षा अवधिमा ६५ करोड ६४ लाख रहेको छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ७२ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१३ अर्ब ८८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ८० करोड रहेको थियो।

प्रकाशित मिति: Jul 17, 2020

प्रतिक्रिया दिनुहोस्