Logo
२० बैशाख २०८१, बिहीबार
(July 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गभर्नर महाप्रसाद अधिकारीले आज दिउँसो ३ बजे मौद्रिक नीति सार्वजनिक गर्ने

गभर्नर महाप्रसाद अधिकारीले आज दिउँसो ३ बजे मौद्रिक नीति सार्वजनिक गर्ने कार्यतालिका छ ।

आर्थिक वर्ष २०७७/७८ का लागि ल्याउन लागिएको मौद्रिक नीति नेपाल राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) बाट पारित भएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि २ वर्षसम्म थपिने भएको छ । ऋणीको प्रकृति अनुसार ३ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने समयावधि थप गर्ने गरी मौदि्रक नीति तर्जुमा भएको राष्ट्र बैंकका बोर्ड श्रोतले जानकारी दिएको छ । बढी प्रभावितले बढी सुविधा पाउनेछन् ।

यसैगरी ब्याजलाई पुँजीकरण गर्न मिल्ने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ । यसैगरी सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँ-गाउँसम्म पुर्‍याउने समेत नीतिमा उल्लेख गरिएको श्रोतले बताएको छ ।

मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने, सेयर धितो कर्जा बढाउने लगायतको व्यवस्था गरेको छ ।

मौद्रिक नीतिले पुनरकर्जा कोषलाई भने तत्कालै बढाउने विषयमा निर्णय लिएको छैन । हाल एक खर्बको रहनेभ निएको कोषलाई क्रमिक रुपले बढाउदै लगिने नीतिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: Jul 17, 2020

प्रतिक्रिया दिनुहोस्