Logo
२१ बैशाख २०८१, शुक्रबार
(July 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनले थला परेका आयोजनाको ६ महिनासम्म म्याद थप्ने सरकारको निर्णय

लकडाउनले थला परेका आयोजनाको ६ महिनासम्म म्याद थप्ने सरकारले निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधिमा खरिद सम्झौता भएका र सोही अवधिमा निर्धारित निर्माणको म्याद समाप्त भएका आयोजनाहरु बढीमा ६ महिनासम्म थप समय दिने निर्णय गरेको हो ।

नेपाल निर्माण व्यवसायी महासंघका अनुसार सरकारलाई थप आर्थिक दायित्व सिर्जना नहुने गरी सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक र परामर्शदाताको सिफारिसका आधारमा खरिद सम्झौता गर्ने अधिकारीले म्याद थपको निर्णय गर्न सक्नेछन् ।

लकडाउनका कारण समयमै काम सम्पन्न गर्न नसकेका निर्माण व्यवसायीलाई थप समय उपलब्ध गराउने निर्णय भएको हो । यो निर्णय भएसँगै लकडाउनका कारण अन्तिम समयमा काम हुन नसकेर अलपत्र भएका आयोजनाका ठेकेदारले राहत पाएका छन् ।

उनीहरुले लकडाउन लगत्तै काबुबाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएको भन्दै म्याद थप गर्न आफ्ना आयोजनाहरुका निवेदन दिएका थिए ।

सरकारले चैत ११मा लकडाउन गरेपनि ठूला अआयोजनालाई त्यसको एक हप्तापछि नै सतर्कता अपनाएर काम गर्न बाटो खोलिदिएको थियो ।

प्रकाशित मिति: Jul 15, 2020

प्रतिक्रिया दिनुहोस्