Logo
२१ बैशाख २०८१, शुक्रबार
(July 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउन खुकुलोसँगै बैंक तथा वित्तीय संस्थाले सेवावापतको शूल्कमा कडाइ गर्न थाले

लकडाउन खुकुलोसँगै बैंक तथा वित्तीय संस्थाले सेवावापतको शूल्कमा कडाइ गर्न थालेका छन । अन्तर बैंक एटीएम र अनलाइन कारोबारबाट पैसा झिक्दा तथा भुक्तानी गर्दा शुल्क लाग्ने भएको छ।

लकडाउनपछि बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणलाई सुविधा दिन शुल्क नलाग्ने निर्णय गरेका थिए। साउन १ गतेबाट शुल्क लिने नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई छाडिएको छ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंक एशोसिएसन र नेपाल वित्तीय संस्था संघले बुधबार एक विज्ञप्ति जारी गर्दै शुल्क लिने नलिने निर्णय संबन्धित बैंक वित्तीय संस्थालाई जिम्मा दिइएको जनाएको छ।

यसको अर्थ अब बैंक तथा वित्तीय संस्थाहरुले शुल्क उठाउन पाउने छन्। शुल्क लिन नपाउँदा बैंकहरुको आम्दानी घटेको थियो।

नेपाल क्लियरिङ हाउसले दिने अन्तर बैंक भुक्तानी सेवामा पनि उसले शुल्क निर्धारण गर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: Jul 15, 2020

प्रतिक्रिया दिनुहोस्