Logo
२३ बैशाख २०८१, आईतबार
(July 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना संक्रमतिको संख्या ९ लाख ६ सय नाघ्यो

विश्वमा उच्च कोरोना संक्रमण फैलिएको देश मध्ये तेस्रो स्थानमा पर्ने देश भारतमा कोरोना संक्रमतिको संख्या ९ लाख ६ सय नाघेको छ ।

गत २४ घण्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७५२ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभरी कुल सक्रमितमध्ये तीन लाख ११ हजार ५६५ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् ।

त्यसैगरी पाँच लाख ७१ हजार ४५९ जना संक्रमणमुक्त भएका छन् भने २३ हजार ७२७ जनाको मृत्यु भएको छ ।भारतमा सब भन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ ।

महाराष्ट्रमा मात्रै दुई लाख ६० हजार ४६१ जना संक्रमित भएका छन् भने दश हजार ४८२ जनाको मृत्यु भएको छ । दोस्रो धेरै संक्रमित भएको तमिलनाडु राज्यमा एक लाख ४२ हजार ७९८ जना रहेका छन् भने २ हजार ३२ जनाको मृत्यु भएको छ ।

तेस्रो धेरै संक्रमित भएको दिल्ली प्रदेशमा एक लाख १३ हजार ७४० जना रेहेका छन् । दिल्लीमा कोरोना संक्रमणको कारण ३ हजार ४११ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणको हिसाबबाट विश्वभरीको तथ्यांकलाई हेर्दा पहिलो स्थानमा अमेरिका र दोस्रोमा ब्राजिलमा रहेका छन् ।

प्रकाशित मिति: Jul 14, 2020

प्रतिक्रिया दिनुहोस्